कञ्चनपुरमा दृष्टिबिहीनहरुका लागी आधारभुत कम्प्युटर सम्बन्धी तालिमको मंगलवार उद्धघाटन गरियो

 कञ्चनपुरमा दृष्टिबिहीनहरुका लागि ६ महिने आधारभुत कम्प्युटर सम्बन्धी तालिमको मंगलवार उद्धघाटन गरिएको छ । राष्ट्रिय दृष्टिबिहीन संघ नेपालको आयोजना तथा वेदकोट नगरपालिका र रोटरी क्लब पशुपतिको आर्थिक सहयोगमा तालिम हुन लागेको हो । मंगलवार एक कार्यक्रमको आयोजना गरी आधारभुत कम्प्युटर सम्बन्धी तालिमको उद्धघाटन गरिएको राष्ट्रिय दृष्टिबिहीन संघ नेपालका बलराम पन्तले जानकारी दिनु भयो ।

 उहाका अनुसार राष्ट्रिय दृष्टिबिहीन संघ नेपालका अध्यक्ष हरी दमाईको सभापतित्व तथा वेदकोट नगरपालिकाका उपप्रमुख सुशीला सिहंको प्रमुख आतिथ्यतामा तालिमको उद्धघाटन गरिएको हो । सो कार्यक्रममा वेदकोट नगरपालिकाको कार्यपालिका सदस्य गोमती जोशी, राष्ट्रिय दृष्टिबिहीन संघ नेपालका पदाधिकारी, तालिमका प्रशिक्षक नवराज जोशी लगायतको उपस्थिति रहेको थियो । तालिममा १० जना प्रशिक्षार्थी रहेका छन् ।

सम्बन्धित

Comments are closed.