जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिद्धारा ७ जना फरार प्रतिबादी पक्राउ,

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले ७ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले नाईट्रोभेट मुद्धामा कञ्चनपुर जिल्ला अदालतको २०७४ सालको फैसलाले १ महिना कैद सजाय भएका कैलालीको धनगडी उपनगरपालिका वडा नम्बर ११ बस्ने बर्ष २१ का सुरेश सुनार र कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० बस्ने वर्ष २६ को उमेश घिमिरे सुनारलाई आज मंगलवार निजकै घर ठेगानामा लुकीछिपी बसीरहेको अबस्थामा पक्राउ गरी कञ्चनपुर जिल्ला अदालतमा पेश गराएकोमा अदालतबाट १ महिना कैद भुक्तानको लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनु भयो ।

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले कुटपिट मुद्धामा जनही ५०÷५० रुपैया जरीमाना भएका कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर १ बस्ने गज बहादुर बिष्ट, कृष्ण बहादुर साउद, डम्बर बहादुर बिष्ट, टेक बहादुर साँउद, कर्ण बहादुर बिष्ट समेतलाई निजहरुकै घर ठेगानामा लुकीछिपी बसीरहेको अबस्थामा पक्राउ गरी कञ्चनपुर जिल्ला अदालतमा पेश गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनु भयो ।

सम्बन्धित

Comments are closed.