बैतडीको डिलासैनी गाउपालिकामा नेपाली काग्रेसले आयोजना गरेको आमसभामा आक्रमण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली नेतृत्वको समुहका समर्थक व्यक्तिहरुले बैतडीको डिलासैनी गाउपालिकामा नेपाली काग्रेसले आयोजना गरेको आमसभामा आक्रमण गरेका छन् । प्रमुख अतिथि नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपी साउद रहेको उक्त आम सभामा सरकार समर्थक नेकपाका कार्यकर्ताहरुले आक्रमण गर्दा नेपाली काग्रेसका दुई तीन जना कार्यकर्ताहरु सामान्य घाइते भएका हुन् । नेकपाका ओली समुहका कार्यकर्ताहरुले केही गाडीहरुमा पनि डुङगामुडा गरेको नेपाली काग्रेसका नेता एवम् पुर्वमन्त्री साउदले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । सरकार समर्थक नेकपाका कार्यकर्ताहरुले आमसभामा डुङगामुडा गरेपछि प्रहरी प्रशासनले सुरक्षाकर्मी परिचालन गरेपश्चात भने कार्यक्रम सम्पन्न भएको जनाइएको छ । सो कार्यक्रममा नेपाली काग्रेसका नेता तथा सबिधानसभा सदस्य बहादुरसिंह थापा र नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाको समेत सहभागिता रहेको थियो ।


सम्बन्धित

Comments are closed.