बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । गएको माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा हत्या गरिएकी भागरथीको हत्या आरोपमा पक्राउ परेका छिमेकी दिनेश भट्टलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । आरोपी दिनेश भट्ट भागरथी अध्ययनरत स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने किशोर हुन् ।
भागरथी सनातन माध्यमकि विद्यालयकै विद्यालयको कक्षा १२ मा व्यवस्थापन सङ्कायमा अध्ययनरत थिइन् । घटना भएको केही दिनमा नै भट्टमाथि निगरानी गरिरहेको र अभियुक्तको साबिती बयान, प्राप्त सबुत, अन्य प्रमाण, प्रत्यक्षदर्शीको भनाइ लगायतलाई आधार मानेर यो अपराध दिनेश भट्टले नै गरेको पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
यसैबीच भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टविरुद्ध भागरथीका दाइ शङ्कर भट्टले किटानी जाहेरी दिनुभएको छ । शङ्कर भट्टले जिल्ला प्रहरी कार्यालय बैतडीमा दिनेशविरुद्ध किटानी जाहेरी दिएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यसैविच भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका दिनेश भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन अदालतले प्रहरीलाई अनुमति दिएको छ । हत्या आरोपी भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न बुधबार जिल्ला अदालत बैतडीले अनुमति दिएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तराज सुवेदीले जानकारी दिनु भयो ।
Comments are closed.