कैलालीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० मा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा लम्कीचुहा नगरपालिका वडा नं ४ बलिया बस्ने दिनेश चौधरीको ज्यान गएको हो । पुर्वबाट पश्चिम आउदै गरेको ना ५ ख ८४०६ नम्बरको ट्रकले अस्थायी नम्बरको लु ७८ प ३९०५ को नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते चौधरीको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिनु भयो । साथै उक्त दुर्घटनामा कैलालीको जानकी गाउँपालिका वडा १ तोरयापुरकी अन्दाजी १६ वर्षीया सन्ध्या चौधरी घाइते भएकी छन् । चौधरीको उपचारको लागि कोहलपुर शिक्षण अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतीक बिष्टले जानकारी दिनु भयो ।
Comments are closed.