सुदुरपश्चिम प्रदेशका सभामुुख थापाको पुस्तक “तीर्थ प्रसादको जीवन यात्रा” विमोचन

विहिबार सुदुरपश्चिम प्रदेशका सभामूख अर्जुन बहादुर थापाको पुस्तक विमोचन गरिएको छ । सभामूख थापाको आफ्नो जिवन कथामा आधारित पुस्तक “तीर्थ प्रसादको जीवन यात्रा” प्रदेश सभाको परिसरमा प्रदेश प्रमुुख शर्मिला कुमारी पन्तको प्रमुुख आतिथ्यमा विमोचन गरिएको हो । पुस्तकका विषयमा बोल्दै सुदुरपश्चिम प्रदेशका मुुख्यमन्त्री त्रिलोचन भट्टले सभामूख जस्तै अन्य धेरै मानिसहरुले लेखन क्षेत्रमा योगदान पुुर्याएको तर, इतिहास नहुुँदा गरेको काम नदेखिने गरेको बताउनुु भयो । सफल ब्यक्तित्वहरुबाट अरुले केहि सिकुुन र सफल बनुुन भन्नका लागि हरेक ब्यक्तिले आफ्नो कथा लेख्न आवस्यक रहेको बताउनुुभएको छ ।

 देशमा संघियता आइसकेपछि प्रदेशको सभामूख हुुनुु भएको थापाले इतिहासमा संघियता आइसकेपछि प्रदेशको पहिलो सभामूख बनेर इतिहास बनाएको भन्दै मुुख्यमन्त्री भट्टले उहाको जीवनी साच्चै सबैका लागि अनुुशरण योग्य रहने विस्वास ब्यक्त गर्नुभयो । पुस्तका विषयमा बोल्दै प्रमुुख टिप्पणीकर्ताका रुपमा रहनुुभएका साहित्यकार रामलाल जोशीले यो किताबमा कसरी एउटा विकट ठाउँको गरिबको छोरो प्रदेश प्रमुुख जस्तो पदमा पुुगे भन्ने कुुरा उल्लेख गरिएको बताउनुुभएको छ । उहालेतिर्थ प्रसादको जीवन यात्रा पुुस्तकमा विगतको शिक्षाको अवस्था, विगतको राजनैतिक अवस्थाको यथार्थ चित्रण गरिएको बताउनुुभएको छ ।

 त्यसैले आफूले यस पुुस्तकलाई इतिहास, संस्कृति, विकासको त्रिवेणीका रुपमा लिएको साहित्यकार जोशीले बताउनुुभएको छ । सभामूख अर्जुन बहादुर थापाले कुुनै नाफाका लागि भन्दा प्रदेश सभामा आएकाहरुका लागि अध्ययन गर्न यो पुुस्तक प्रकाशन गरेको बताउनुुभएको छ । उहाले यस पुुस्तकले आफ्नो जीवन कथा भन्नुका साथै पाठकलाई विगतको इतिहासका बारेमा पनि थोरै जानकारी दिने बताउनुुभएको छ ।

सम्बन्धित

Comments are closed.