बझाङका स्थानीय तहहरुको हिउँदे अधिवेशन सुरु,

 बझाङका स्थानीय तहले हिउँदे अधिवेशन सुरु गरेका छन् । कतिपय पालिकाहरुले भने अधिवेशन नै सम्पन्न गरि सकेका छन् । अधिवेशनमा पालिकाहरुले आर्थिक वर्ष २०७७÷७८ मा विनियोजित योजना कार्यक्रमको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा गने कार्य गरीदै छ । यसैविच बझाङको दुर्गाथली गाउँपालिकाले सरोकारवालाको सहभागितामा अधिवेशन गरेको छ । दुर्गाथली गाउपालिकाका अध्यक्ष प्रयागराज जोशीले अघिल्ला वर्ष जस्तै यसपाली पनि अधिवेशन सुरु गरेको बताउनु भयो । विकासका अवस्था, बजेटको खर्च विवरण, कार्यक्रमको उपलब्धि, गुनासा काम गर्दाका समस्याका बारेमा छलफल हुने उहाले बताउनु भयो । यसका साथै ऐन कानूनको कार्यन्वयनका बारेमा पनि अधिवेशनमा छलफल हुने छ ।

 बझाङकै केदास्युँ गाउँपालिकाले अधिवेशन सम्पन्न गरेको केदारस्यु गाउपालिकाका अध्यक्ष ईन्द्र भण्डारीले बताउनु भयो । स्थानीय सरकार भइसकेपछि सबै जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला भेला भएर पालिकाको समग्र विकासको प्रगति समीक्षा हुने गरेको बताउदै उहाले काम गर्दा जनताबाट आएका गुनासा र समस्याको पनि सभामा छलफल भएका बताउनु भयो । केदारस्यु गाउपालिकाका अध्यक्ष भण्डारीले योजना छिटोछरितो, पारदर्शीता, अनुगमन गर्ने सन्दर्भमा पनि छलफल भएको बताउनु भयो । यही फागुन अन्तिम सातासम्म बझाङका सबै पालिकाको हिउँदे अधिवेशन सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.