बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भट्टको हत्या भएको १७ दिन पछि अन्त्येष्टि गरियो,

 बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको १७ दिन पछि शुक्रवार अन्त्येष्टि गरिएको छ । भट्टको शव भट्टका आफन्तले बुझेसंगै राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि गरिएको हो । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ६ सेरास्थित महाकाली आर्यघाटमा भागरथीको अन्त्येष्टि गरिएको हो । यसअघि गोठालापानीबाट महाकाली नदी सम्म शव यात्रा निकालिएको थियो ।

 भागरथीको शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो । गत माघ २२ गते हत्या गरिएको अवस्थामा भागरथीको शव भेटिएको थियो । यसअघि घटनामा संलग्नको पहिचान हुनुपर्ने माग गर्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका थिए । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई घटनामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको थियो । भट्टले भागरथीको बलात्कार पछि आफैले हत्या गरेको बिहीबार प्रहरीसमक्ष बयान दिएपछि आफन्तले शव बुझेका हुन् । बुधबार नै भागरथीका दाइ शंकर भट्टले दिनेश भट्ट विरुद्ध कर्तव्य ज्यान र बलात्कार सम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दिनु भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.