सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तडको अवलोकन गर्न पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरुको संख्या दिन प्रतिदिन घट्दै,

 सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड हेर्न पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरुको संख्या दिन प्रतिदिन घट्न थालेको छ । पछिल्लो समयमा कोभिड १९ का कारणले ओरालो लागेको नेपालको पर्यटन व्यवसायको असर खप्तडमा पनि पर्न थालेको हो । बझाङ तर्फको खप्तड जाने अन्तिम गाउँ दारुगाउँमा पर्यटकहरुको सेवा सुविधाका लागि स्थानीयबासीले होमस्टे (घरवास) बनाएका भए पनि पछिल्लो समयमा पर्यटकह आउने क्रम न्यून भएपछि व्यवसाय धरापमा परेको हो । जयपृथ्बी राजमार्गका तमैलदेखि लामातोला हुदै दारुगाउँ सम्मको यातायातको सुविधालाई भरपर्दो बनाउन सड्कको स्तर उन्नति भइरहेको छ ।

 बझाङको खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले दारुगाउँमा होमस्टेका लागी केही पूर्वाधार पनि निर्माण हुन लागेका बताउदै त्यसैसंग मिलेर गाउँपालिकाले समेत आबस्यक बातावरण तयार गर्न सहयोग गरेको बताउनु भयो । सडक यातायातबाट चार पाँच घण्टा उकालो हिडेर खप्तड पुगिने हुँदा अहिले खप्तड जाने प्रायः सबै पर्यटकहरु बझाङको बाटो छोटो र सजिलो भएकाले यतैबाट जाने गर्दछन् । खप्तड पुग्ने मानिसहरुको पछिल्लो समयमा संख्या घट्दै गएकाले सो क्षेत्रका ब्यवसायिहरु समेत चिन्तामा छन् । स्थानीय ब्यवसायी वीरेन्द्र रावलले कोरोना संक्रमण बढेकाले पर्यटकहरु समेत आउन छोडे यसको मार सबैभन्दा बढी ब्यवसायीलाई भएको बताउनु भयो । हप्ताको दुईतीन जना फाट्ट फुट्ट आउने गरेका बताउदै स्थानीय व्यवसायी रावलले अहिले पर्यटकहरु कम हुने सिजन पनि भएको बताउनु भयो ।

 त्यहाँ स्थानीयहरुले पर्यटकहरुका लागी सर्वसुलभ रुपमा घोडाको सुविधा दिने ,प्रत्येक घर आगन सरसफाइ गर्न पाहुनाहरुसंग राम्रो व्यवहार गर्ने र प्रत्येक घरमा होमस्टे छन् । खप्तड पुग्ने कुनै पनि पर्यटक दारुगाउँ मेल्तडीमा बसोवास भएमा स्थानीय उत्पादन मात्र खुवाउने र पर्यटकहरुले माग भएमा स्थानीय लोकसंस्कृति पनि प्रदर्शन गर्ने परम्परा छ । काठमाण्डौबाट एक घण्टाको हवाई दूरीपछि धनगडीबाट समेत बझाङमा हवाई सेवा उपलब्ध छ । पर्यटन व्यवसायी किशोर खड्काले अहिले त ६ घण्टामा काठमाण्डौबाट खप्तड पुग्न सकिने बताउनु भयो । खप्तड आउने पर्यटकहरु धनगढी २२ मिनेटको हवाई दूरीमा बझाङको देवल विमानस्थल पुग्छन् र त्यहाँबाट एक घण्टाको गाडीको यात्रा पछि दारुगाउँ पुग्छन् । त्यहाँबाट झण्डै तीन घण्टाको पैदलपछि खप्तड पुग्न सकिन्छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.