कञ्चनपुरमा प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले सवारी ज्यान मुद्धामा कञ्चनपुर जिल्ला अदालतको २०७४ साल चैत १२ गतेको फैसलाले ३ महिना कैद र १ हजार रुपैया जरिवाना फैसला भएका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष २७ का दिप सिह चौधरीलाई पक्राउ गरेको हो
चौधरीलाई निजकै घर ठेगानामा लुकीछिपी बसीरहेको अबस्था फेला पारी पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनु भयो ।
Comments are closed.