कञ्चनपुरको वेदकोट नगरपालिकामा शनिवार रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम २०७७ सम्पन्न

 कञ्चनपुरको वेदकोट नगरपालिकामा शनिवार रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम २०७७ सम्पन्न भएको छ । समकालिन साहित्य समाज महेन्द्रनगर, कञ्चनपुरको आयोजनामा कञ्चनपुरको वेदकोट नगरपालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।

 समकालिन साहित्य समाज महेन्द्रनगर, कञ्चनपुरका अध्यक्ष कल्यान ओझाको अध्यक्षता रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुरको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द रहनु भएको थियो । उक्त कार्यक्रममा करीब ३५ जना साहित्यकारहरुले आआफ्ना रचना वाचन गरेका थिए

 कार्यक्रममा साहित्य क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै तीन जना स्रष्टाहरुलाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेमा गजलकार प्रिय पत्थर, डा. एन जोशी र साहित्यकार रमेश पन्त मीतबन्धु रहेका छन् । लामो समयदेखि साहित्य क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै स्रष्टाहरुको सम्मान गरिएको हो । सो रचना वाचन तथा स्रष्टा कार्यक्रममा साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित

Comments are closed.