केशव राज अवस्थी
कञ्चनपुरको लालझाडी गाउँपालिकामा महिला हिंसा तथा बलत्कारका घटना रोकथाम गर्ने उद्देश्य सहित किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिइएको छ । टेवा संस्थाको आर्थिक सहयोगमा आदर्श महिला समाज कञ्चनपुरको आयोजनामा अधिवक्ता कौशल्या ओझा द्वारा आइतबार पचास जना भन्दा बढी सहभागिहरु लाई प्रशिक्षण दिइएको हो । सहभागी किशोरीहरु लालझाडी गाउँपालिका वडा नम्बर ३ र चार का रहेका थिए । प्रशिक्षण कार्यक्रम लालझाडी गाउँपालिका वडा नम्बर चारको सभा हलमा भएको थियो ।
उक्त प्रशिक्षण कार्यक्रममा जबरजस्ती करणीका बेला किशोरीहरुले कसरी आत्मरक्षा गर्ने , हिंसामा परेमा कानुनी सहायता कसरी लिने भन्ने लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । त्यसैगरी फागुन ११ गते मंगलबार लालझाडी गाउँपालिका ६ मा पनि किशोरीहरुलाई आत्मरक्षा तथा कानुनी सहायता सम्बन्धि प्रशिक्षण दिइने कञ्चनपुरकी महिला अधिकारकर्मी तथा आदर्श महिला समाज कञ्चनपुरकी अध्यक्ष माया नेगीले शुक्लाफाटा एफ एम लाई बताउनुभयो