कैलालीको धनगढी स्थीत सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको ज्यान गएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–२ का ७० वर्षीय पुरुषको सोमबार बिहान ५ बजेतिर ज्यान गएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले शुक्लाफाँटा एफ एम लाइ बताउनु भयो । उहाँका अनुसार कडा खालको निमोनिया र श्वासप्रश्वासमा समस्या देखिए पछि फागुन ३ गते देखि ती संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
Comments are closed.