भट्टको परिवारलाई दोगडाकेदार गाउँपालिकाद्धारा पाँच लाख रुपैयाँ राहात प्रदान गरीने

  बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानिकी १७ वर्षीया किशोरी भागरथी भट्टको परिवारलाई दोगडाकेदार गाउँपालिकाले पाँच लाख राहात प्रदान गर्ने भएको छ । बलात्कारपछि हत्या गरिएकी भट्टको परिवारलाई पाँच लाख राहात प्रदान गर्ने दोगडाकेदार गाउँपालिका गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको हो । गाउँकार्यपालिका बैठकले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषि पत्ता लगाउन महत्तपुर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, नेपाल प्रहरी, सञ्चारकर्मी र आम जनसमुदायप्रति धन्यबाद व्यक्त गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र बहादुर धामीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेखगरीएको छ ।

 उक्त घटनामा संलग्न दोषिलाई हदैसम्मको कारवाहीको माग समेत गरिएको दोगडा केदार गाउँपालीकाद्धारा प्रकाशीत विज्ञप्तीमा उल्लेख गरीएको छ । यसअघि सुदूरपश्चिम प्रदेश सरकारले समेत भागरथीको परिवारलाई पाँच लाख रुपैया राहात प्रदान गर्ने निर्णय गरेको छ। गत माघ २१ गते दोगडाकेदार ७ की भागरथी भट्ट बिद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएपछि माघ २२ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा लवलेक जंगलमा शव भेटिएको थियो । आरोपीत दिनेशले आफैले बलात्कारपछि हत्या गरेको प्रहरी र सरकारी वकिल समक्ष स्वीकार गरिसकेका छन् ।

सम्बन्धित

Comments are closed.