कञ्चनपुरको बेदकोट नगरपालिकामा अति विपन्न परिवारका व्यक्तिहरु लाई राहत सामग्री वितरण

कञ्चनपुरको बेदकोट नगरपालिका ६ शिशैयामा अति विपन्न परिवारका व्यक्तिहरु लाई राहत सामग्री वितरण गरिएको छ । ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुकको आर्थिक सहयोगमा विश्व हिन्दू महासंघकी उपाध्यक्ष एवं रूडुक नेपालकी केन्द्रीय महासचिव ज्योत्सना साउदद्वारा मङ्गलबार राहत सामग्री वितरण गरिएको हो । राहत सामग्री अन्तर्गत पौष्टिक खाना, अण्डा, मास्क, टोपी लगायतका सामग्रीहरु वितरण गरिएको छ । राहत सामग्री अति विपन्न परिवारका करिब एक सय जनालाई वितरण गरिएको महिला विकास तथा एकता केन्द्र रुडुक नेपालकी केन्द्रीय महासचिव ज्योत्सना साउदले शुक्लाफाटाँ एफएमलाई बताउनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.