कञ्चनपुरको वेदकोट नगरपालिकामा च्याउ खेती सम्बन्धी तालिमको उद्ध्घाटन

 कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको सुडा टाउन खानेपानी उपभोक्ता तथा सरसफाई आयोजना अन्तर्गत विपन्न उपभोक्ताहरुका लागि च्याउ खेती सम्बन्धी तालिमको उद्ध्घाटन गरिएको छ । सुडा टाउन खानेपानी उपभोक्ता तथा आयोजना अन्तर्गत नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभाग, तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना र खानेपानी तथा सरसफाई मन्त्रालय, राष्ट्रिय खानेपानी तथा सरसफाई प्रशिक्षण केन्द्रको सहयोगमा तालिम सञ्चालन भइ रहेको हो ।

] सुडा टाउन खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष थानेश्वर प्रसाद भट्टको अध्यक्षता रहेको उक्ता च्याउ खेती तालिमको उद्धघाटन कार्यक्रममा सुडा टाउन खानेपानी उपभोक्ता तथा सरसफाई समितिका कार्यसमिति सदस्यहरु, सदस्यहरु, प्रशिक्षकद्धय दिनेश आचार्य र पुनम पोखरेल लगायतको सहभागिता रहेको थियो ।

 सुडा टाउन खानेपानी उपभोक्ता तथा सरसफाई आयोजना अन्तर्गत का २६ जना विपन्न महिला सदस्यहरुलाई च्याउ खेती सम्बन्धि तालिम प्रदान गरि रहेको सुडा टाउन खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव जयदेव जोशीले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । कार्यक्रममा सुडा टाउन खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सदस्य तुलसी जोशीले तालिमका बारेमा जानकारी गराउनु भएको थियो

सम्बन्धित

Leave A Reply

Your email address will not be published.