दार्चुलाको व्यास गाउँपालिका छाङ्गरुस्थित नेपाल टेलिकमको स्काइ टावर तीन महिनादेखि अवरुद्ध,

 त्रिदेशीय सीमा नजिकै रहेको दार्चुलाको व्यास गाउँपालिका छाङ्गरुस्थित नेपाल टेलिकमको स्काइ टावर तीन महिनादेखि अवरुद्ध रहेको छ । गत मङ्सिरदेखि सो टावर अवरुद्ध रहेको बताइएको छ । व्यासी सौका समुदायका बसाइँसराइ (कुञ्चा) सदरमुकाम सरेयता छाङ्गरुमा रहेको टावर अवरुद्ध भएको हो । स्थानीयवासी गाउँमा हुँदासम्म फोन सेवा सुचारु थियो । त्यसपछि टावर मर्मतका लागि पहल नभएको जनाइएको छ ।

 व्यासको छाङ्गरुमा सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म र नेपाल प्रहरी यो वर्षदेखि बाह्रैमास बसेका छन् । विगतमा छ महिना मानवविहीन हुने छाङ्गरु तिङ्करमा पहिलो पटक सुरक्षाकर्मी बाह्रैमास बसेका हुन् । तर यो पटक स्काइ फोन सेवा सुचारु नहुँदा सुरक्षाकर्मी, सबैले ल्याण्डलाइन फोनको मात्र भर पर्नुपरेको गुल्मपति धीरेन्द्र शाहले बताउनु भयो । आफुहरुसंग दुई वटा ल्याण्डलाइन फोन सुचारु रहेका र त्यही भएर सबै सोही फोनबाट कुराकानी गर्ने गरेका सशस्त्र प्रहरी बल नम्बर ५० गुल्मका गुल्मपति शाहले बताउनु भयो ।

 नेपाल प्रहरी र चार पाँच जना सर्वसाधारण सोही फोन प्रयोग गर्ने गर्दछन् । यो वर्ष हिमपात पनि छैन । तर समयमै मर्मत सम्भारतर्फ चासो नदिइँदा मोबाइल फोन प्रयोग गर्न नपाइएको सशस्त्र प्रहरी बल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले बताउनु भयो । दार्चुलाको व्यास गाउपपालिका छाङ्गरुका स्थानीयवासी मङ्सिर महिनामा सदरमुकाम खलङ्गा झरेका थिए । उहाहरु वैशाख जेठ महिनामा मात्रै छाङ्गरु उक्लिने गर्नु हुन्छ । अहिले हिउँ घाम नलाग्ने ठाउँमा मात्रै जमेको छ ।

 अन्य क्षेत्रका हिउँ पनि पग्लिसकेको छ । यो वर्ष विगतको जस्तो हिमपात नहुँदा छाङ्गरुमा बस्न सहज भएको सशस्त्र प्रहरी बल नम्बर ५० गुल्मका गुल्मपति शाहले बताउनु भयो । अहिले व्यास पुग्न हिउँ परेका कारण पनि आवतजावतमा कठिनाइ छ । नेपालतिर सडक निर्माणका लागि भर्खर मात्रै व्यासको सुनसेरामा सेनाले क्याम्प खडा गरेको छ ।

सम्बन्धित

Comments are closed.