संवाद समुह कञ्चनपुरले कञ्चनपुरमा रहेका आरक्ष पीडितहरुको भुमि सम्बन्धी समस्या समाधानका विषयमा शनिवार कञ्चनपुरको महेन्द्रनगरमा संवाद कार्यक्रम गरेको छ । भुमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रिय विज्ञ सदस्य जगत देउजा र केन्द्रिय सदस्य अगस्त अधिकारी तथा आरक्ष पीडित संघर्ष समितिका प्रतिनिधीहरुबिच संवाद गरिएको हो ।
संवाद समुह कञ्चनपुरले गरेको उक्त संवाद कार्यक्रममा बोल्दै भुमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रिय विज्ञ सदस्य जगत देउजाले आरक्ष पीडितहरुको भुमि सम्बन्धी समस्या समाधानका लागि भन्दै अहिले जग्गाधनी पुर्जा वितरणका लागि भइ रहेको लगत संकलनको कार्यमा सहभागी भइ दिन अनुरोध गर्नु भयो । कुनै पनि आयोगले समस्या समाधान गर्नका लागि लगत अर्थात तथ्यांक नभई नहुने भएकाले लगत संकलनमा सहभागी भइ दिन भुमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रिय विज्ञ सदस्य देउजाले आग्रह गर्नु भएको हो ।
उहाले भुमि सम्बन्धी समस्या समाधान आयोग आरक्ष पीडितहरुले पनि जग्गाधनी पुर्जा प्राप्त गर्न सकुन र आरक्ष पीडितहरुको भुमि सम्बन्धी समस्या समाधान होस् भन्ने पक्षमा रहेको समेत बताउनु भयो । भुमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रिय विज्ञ सदस्य जगत देउजाले निकुञ्ज क्षेत्र बाहेकको आफु बसिरहेको स्थानको लगत संकलन गराउनुपर्नेमा जोड दिनु भयो ।
संवाद कार्यक्रममा बोल्दै भुमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रिय सदस्य अगस्त अधिकारीले आरक्ष पीडितहरुको भुमि सम्बन्धी समस्या समाधान गर्नका लागि आफुहरुले पहल गर्ने बताउदै भुमि सम्बन्धी समस्या समाधान आयोग त्यसका लागि सदैव तयार रहेको बताउनु भयो ।
सो संवाद कार्यक्रममा भुमि सम्बन्धी समस्या समाधान आयोगका कञ्चनपुर जिल्ला सदस्य रमेश भट्ट, संवाद समुह कञ्चनपुरका प्रशिक्षकद्धय तुलसी जोशी र गगन खत्री, संवाद समुह कञ्चनपुरका सदस्यद्धय विष्णु अवस्थी र नर बहादुर विकको समेत सहभागिता रहेको थियो । तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका आरक्ष पीडितहरुको समस्या समाधानका लागि विगत लामो समयदेखि संवाद समुह कञ्चनपुरले पहल गर्दै आएको छ ।
Comments are closed.