संवाद समुह कञ्चनपुरले सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा महिलाहरुको अर्थपुर्ण सहभागिताका लागि संवाद कार्यक्रम गर्ने

संवाद समुह कञ्चनपुरले सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा महिलाहरुको अर्थपुर्ण सहभागिताका लागि संवाद कार्यक्रम गर्ने
महेन्द्रनगर, १५ फागुन
संवाद समुह कञ्चनपुरले सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा महिलाहरुको अर्थपुर्ण सहभागिताका लागि संवाद कार्यक्रम गर्ने भएको छ । मार्च ८ गतेका दिन पर्ने अन्र्तराष्ट्रिय नारी दिवशको अवशर पारी संवाद समुह कञ्चनपुरले सरोकारवालाहरुसंग संवाद गर्ने भएको हो ।

 शुक्रवार बसेको संवाद समुह कञ्चनपुरको बैठकले महिलाहरुको सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा महिलाहरुको अर्थपुर्ण सहभागिताका लागि सरोकारवालाहरुसंग संवाद गर्ने निर्णय गरेको संवाद समुह कञ्चनपुरका प्रशिक्षक तुलसी जोशीले जानकारी दिनु भयो । संवाद समुह कञ्चनपुरका प्रशिक्षकद्धय गगन खत्री र तुलसी जोशी लगायतको सहभागितामा बसेको बैठकले यही फागुन २१ गते कञ्चनपुरको महेन्द्रनगरमा अन्र्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको समेत गरेको छ । कोभिड १९ मा समान भविष्य प्राप्तिका लागि नारी नेतृत्व भन्ने राष्ट्रिय नाराका साथ यस वर्षकोे नारी दिवश नेपालमा मनाइने भएको छ ।

सम्बन्धित

Comments are closed.