कञ्चनपुरमा प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । आइतवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चोरी मुद्धामा कञ्चनपुर जिल्ला अदालतको २०७६ साल वैशाख ११ गतेको फैसलाले १ महिना कैद र ३० हजार रुपैया जरिवाना भएका कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ बस्ने शेर बहादुर रोकायलाई निजकै घर ठेगानामा लुकीछिपी बसीरहेको अबस्था पक्राउ गरेको हो ।
पक्राउ गरी रोकायलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गराएकोमा जिल्ला अदालत कञ्चनपुरबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो ।
यसैगरि आइतवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले भन्सार चोरी पैठारी भई रहेको बिषेश सुचनाको आधारमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १३ बाट चिनी, सलाई लगायतका अन्दाजी ५६ हजार ३ सय ५० रुपैया बराबारका सरसमान बेवारिसे अबस्थामा फेला पारी आवश्यक कारबाहीका लागी गड्डा चौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो ।