कञ्चनपुरमा भन्सार छलि गरी ल्याइएका सामानहरु प्रहरीद्धारा बरामद

 कञ्चनपुरमा भन्सार छलि गरी ल्याइएका सामानहरु प्रहरीले बरामद गरेको छ । सोमवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ विधुत कार्यालय नजिक भन्सार छली पैठारी गरी ल्याएका चिनी ५ बोरा र प्लाष्टिक ६ बोरा गरि अन्दाजी ३० हजार रुपैया मुल्य बराबरका सामानहरु बरामद गरेको हो ।

 बेवारिसे अवस्थामा फेला पारी ती सामानहरु कानुन बमोजिम बरामद गरेर आवश्यक कारवाहीको लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो ।

 यसैगरि भन्सार छली पैठारी गरी ल्याएका पानी तान्ने मोटर थान ३, सिलिङ पंखा थान २, होल्डर १० पाकेट, फ्युज १० पाकेट,एम्सी थान २,स्कुरु थान १, पलक थान १ र लेडिज चप्पल सानो ठुलो गरि ५२ जोर गरि अन्दाजी ३० हजार ३ सय रुपैया मुल्य बराबरका सामानहरु कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ घ गाउँ बाट बरामद गरेको छ ।

 ती सामान बेवारिसे अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरी आवश्यक कारवाहीको लागी त्रिनगर भन्सार कार्यालय कैलाली पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीले जानकारी दिनु भयो ।

 यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं.०७ हल्दुखाल बस्ने बर्ष २८ को मोहन जाग्री र सोही स्थान बस्ने बर्ष १९ को राजेन्द्र सिंहलाई काँधमा काठ बोकी हिडिरहेको अवस्थामा फेला पारी शंका लागी सोधपुक्ष तथा चेकजाँच गर्दा निजहरुले अबैध रुपमा चोरी पैठारी गरी ल्याएका सालको चिरुवा काठ कडी थान–१२ (बाह्र) फेला पारी उक्त काठ कानुन बमोजिम बरामद गरी निज ब्यक्तिहरु र काठ आवश्यक कारबाहीको लागी डिभिजन बन कार्यालय कञ्चनपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.