कञ्चनपुरमा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

 कञ्चनपुरमा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शिक्षकको रिहाईको माग गर्दै सोही विद्यालयका शिक्षक आन्दोलित भएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको थियो ।

 शिक्षकलाई सुनियोजित ढंगबाट फसाएर कानुन विपरित पक्राउ गरिएको भन्दै विद्यालय परिवारले विरोध जनाएको हो । सोही विद्यालयका शिक्षकहरुले विरोध स्वरुप आइतबार र सोमबार हातमा कालोपट्टी बाँधेर पठनपाठन गराएका थिए । मंगलबार पनि शिक्षकहरुले हातमा कालोपट्टी बाँधेर पेन डाउन गरि आरोपित शिक्षकको रिहाईको माग गरेका छन् ।

 शिक्षक ढुंगानाको रिहाईका लागि सरोकारवाला तथा शिक्षकका पेशागत ट्रेडहरुमा आग्रह गरिसकेको र आगामी विरोध कार्यक्रम समेत गरिने महाकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेशसिंह भण्डारीले बताउनु भयो । आरोपित शिक्षक मधुविलास ढुङ्गानालाई विद्यालयमै ६ कक्षामा अध्ययनरत १४ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपका आधारमा पक्राउ गरिएको थियो । प्रहरीले ढुङ्गानालाई अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

 यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने पक्राउ गरिएका शिक्षकमाथि अनुसन्धान भइ रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीयले दोस्रो पटक म्याद थप गरी अनुसन्धान कार्य भइ रहेको शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो

सम्बन्धित

Leave A Reply

Your email address will not be published.