सुदूरपश्चिमका नौवटै जिल्लामा प्राङ्गारिक कृषि प्रणाली सुरु हुने भएको छ । सुदूरपश्चिमका नौवटै जिल्लामा प्राङ्गारिक कृषि प्रणाली सुरु हुने कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताउनु भएको हो । यसका लागि प्रदेशभरी ४ करोड रुपैया बजेट विनियोजन गरिएको जोशीले बताउनु भयो । यो प्रणाली सुदूरपश्चिम प्रदेशको नयाँ कार्यक्रमका रूपमा प्राङ्गारिक–कृषि प्रणाली शुरूवात गर्न विशेषगरी उपभोक्ता सचेत हुनुपर्ने कृषि विकास निर्देशनालयका निर्देशक जोशीले जोड दिनु भयो ।
यससँगै स्थानीय जनप्रतिनिधि, कृषिमा कार्यरत निकायका कर्मचारी र किसान सबैले प्राङ्गारिक कृषिबारे बुझ्नु जरुरी रहेको कृषि विकास निर्देशनालयका निर्देशक जोशीको भनाइ छ । प्राङ्गारिक खेती विस्तार गर्न सबै सरोकारवालाको सहभागितामा रणनीतिक योजना बनाएर अगाडि बढ्न आवश्यक रहेको जोशीले बताउनु भयो । यसैविच डोटीमा प्राङ्गारिक कृषि प्रणाली सुरु हुने भएको छ । पछिल्लो समय कृषि उपजमा रासायनिक वस्तुको प्रयोग बढ्न थालेपछि यसलाई कम गर्न र मानव जीवनमा पर्ने असर न्यूनीकरण गर्न प्राङ्गारिक कृषि प्रणाली सुरु हुने भएको हो ।
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ बगलेक र झिग्राना क्षेत्रमा आलु खेतीमा प्राङ्गारिक कृषि प्रणालीको थालनी हुने भएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिनु भयो । रासायनिक विषादी प्रयोगबाट मानव जीवनमा नै विभिन्न असर देखिन थालेकाले प्राङ्गारिक कृषि प्रणालीमा जोड दिनु परेको पनेरुले बताउनु भयो ।
सुरुवाती चरणमा उक्त क्षेत्रका केही किसानका खेतबारीमा यो प्रणाली सुरु गरिने बताइएको छ । प्राङ्गारिक खेती गरिने जमिनमा रासायनिक वस्तुको प्रयोग हुन नहुने र रासायनिक खेती भन्दा केहि मिटर टाढा नै हुनु पर्ने व्यवस्था मिलाइने छ । जमिनलाई प्राङ्गारिक खेतीका लागि रुपान्तरण गर्न ३ वर्ष लाग्ने बताइएको छ । डोटीमा प्राङ्गारिक खेतीबारे व्यापकता दिनुपर्ने र सबैको सरोकारको विषय बनाइनुपर्ने जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरले बताउनु भयो ।
Comments are closed.