कैलालीको धनगढीमा जारी क्रिकेट प्रतियोगितामा शुक्रवार भएका खेलमा नव बाल बाटिका स्कुल बौैैैनीया र विद्या भूषण विजयी,

 नव बाल बाटिका स्कुल बौैैैनीया र विद्या भूषणले कैलालीको धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेका छन् । शुक्रबार भएको पहिलो खेलमा नव बाल बाटिकाले रोजी बड्सलाई ८ विकेटले पराजित गरेको हो । कैलालीको धनगढी स्थित संघीय प्रहरी इकाई कार्यालको खेल मैदानमा पहिले ब्याटिङ गरेको रोजी बड्सले १५ ओभर २ बलमा अलआउट हुँदै ८० रन बनायो ।

 रोजी बड्सका याकुब मियाले २४ रन बनाए । बाल बाटिकाका विशाल बिक्रम केसीले ३, हिमाल बिक र हिमाल मल्लले २÷२ विकेट लिए । रोजी बड्सले दिएको सामान्य लक्ष्य बाल बाटिकाले ९ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । बाल बाटिकाका लागि विशाल बिक्रम केसीले अविजित २६ रन जोड्दा कमल ओलीले अविजित १५ रन बनाए । खेलको प्लेयर अफ दि म्याच बाल बाटिकाका विशाल बिक्रम केसी चुनिए । प्रतियोगितामा बाल बाटिकाको दोस्रो जित हो ।

 शुक्रवार नै भएको दोस्रो खेलमा विद्या भूषणले धनगढीको त्रिनगर माध्यमिक विद्यालयलाई ६४ रनको फराकिलो अन्तरले पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको विद्या भूषणले १७ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो । उसका लागि प्रदिप चन्दले ३६ रन बनाए । त्रिनगरका खड्क नगरकोटीले ३, बसन्त थापा, पदम पनेरु र सुलभ सेवाले २÷२ विकेट लिए ।

 ९२ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको त्रिनगर ६ ओभर १ बलमा सबै विकेट गुमाउँदै २७ रनमा समेटियो । उसका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्रिनगरलाई सस्तैमा समेट्ने क्रममा विद्या भूषणका विरेन्द्र नाथले ६ र शेर मल्लले ४ विकेट लिए । खेलको म्यान अफ द म्याच विद्या भूषणका विरेन्द्र नाथ भए ।

 प्रतियोगितामा विद्या भूषणको पनि दोस्रो जित हो । प्रतियोगिता अन्तरगत शनिवार होलिल्याण्ड र धनगढी नमुना तथा बाल बाटिका र गुरुकुलबीच खेल हुनेछ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । सो प्रतियोगिताको विजेताले १ लाख २० हजार रुपैया नगद पुरस्कार पाउने छन् । त्यस्तै उपविजेताले ६० हजार रुपैया पुरस्कार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैया पुरस्तकार पाउने छन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५÷५ हजार रुपैया पुरस्कार पाउने छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.