फागुन २३ गते आइतवादेखि शुरु हुन गइ रहेको कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियानका लागि सुदुरपश्चिम प्रदेशमा सम्पुर्ण तयारी पुरा,

 भोलि फागुन २३ गते देखि सुरु हुन लागेको दोस्रो चरणको कोभिड १९ विरुद्धको खोप अभियानका लागि कञ्चनपुरमा सम्पुर्ण तयारी पुरा भइसकेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । शनिवार कञ्चनपुरमा रहेका सञ्चारकर्मीहरुको अभिमुखीकरण तथा अन्र्तक्रिया कार्यक्रममा खोप अभियान सञ्चालनका लागि सम्पुर्ण तयारी पुरा भइ सकेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको हो

 कोभिड १९ रोग विरुद्धको खोप अभियान २०७७÷७८ का विषयमा सञ्चारकर्मीहरुको अभिमुखीकरण तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले कञ्चनपुरका ९ वटै पालिकाहरुमा २९ वटा खोप केन्द्रहरुबाट कोभिड १९ विरुद्धको कोभिसिल्ड खोप दिइने बताउनु भयो ।

 २९ वटै खोप केन्द्रहरुमा आवश्यक पर्ने स्वास्थ्यकर्मी एव्म स्वयसेवकहरुलाई समेत तालिम प्रदान गरिसकिएको स्वास्थ्य कार्यालय कार्यालय कञ्चनपुरका प्रमुख सुनारले बताउनु भयो । फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियान सुरुमा १० दिन सञ्चालन हुने बताउदै स्वास्थ्य कार्यालय कार्यालय कञ्चनपुरका प्रमुख सुनारले कञ्चनपुरमा रहेका ६५ वर्षभन्दा माथिका नागरीकलाई खोप लगाउनका लागि अनुरोध समेत गर्नु भयो ।

 कञ्चनपुरमा हाल २६ हजारका लागि खोप उपलब्ध भएको जानकारी दिदै स्वास्थ्य कार्यालय कार्यालय कञ्चनपुरका प्रमुख सुनारले स्वास्थ्य कार्यालय कञ्चनपुरले खोप अभियानलाई सफल पार्नका लागि सम्पुर्ण सरोकारवालाहरुसंग समन्वय गरि रहेको समेत बताउनु भयो । यसअघि सरकारले ५५ वर्षभन्दा माथिका नागरीकलाई खोप लगाउने भनेको भएपनि खोप उपलब्धताका हिसाबले ६५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाइने पछिल्लो निर्णय गरेकाले सोही अनुसार खोप लगाइने बताउनु भयो ।

 अझैपनि कतिपय नागरिकमा खोपप्रतिको विश्वास नभएको पाइएकाले कोभिसिल्ड खोप सुरक्षित रहेकोमा कुनै शंका नगर्न स्वास्थ्य कार्यालय कार्यालय कञ्चनपुरका प्रमुख सुनारले आग्रह गर्नु भयो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको अध्यक्षतामा गरिएको सञ्चारकर्मीहरुको अभिमुखीकरण तथा अन्र्तक्रिया कार्यक्रममा कञ्चनपुरमा रहेका विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

 सो सञ्चारकर्मीहरुको अभिमुखीकरण तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले कोभिड १९ रोग विरुद्धको खोप अभियानलाई सफल पार्नका लागि सबैको भुमिका आवश्यक हुने बताउनु भयो । अझैपनि कतिपयमा खोपप्रति विश्वास नभएको बताउदै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले खोपका बारेमा शंका गर्न नहुने बताउनु भयो

सम्बन्धित

Leave A Reply

Your email address will not be published.