कञ्चनपुरको पुर्नवास नगरपालिकामा रहेका दृष्टिबिहीन अपांगता भएकाहरुका लागि तीन दिने चाउमिन उत्पादन तालिम शुरु,

 कञ्चनपुरको पुर्नवास नगरपालिकामा रहेका दृष्टिबिहीन अपांगता भएकाहरुका लागि तीन दिने चाउमिन उत्पादन तालिम आज शनिवारदेखि शुरु भएको छ । कञ्चनपुर नेत्रहीन संघको आयोजना तथा पुर्नवास नगरपालिकाको आर्थिक सहयोगमा पुर्नवास नगरपालिका भित्र रहेका दृष्टिहीन अपांगता भएका व्यक्तिहरुका लागि ३ दिने चाउमिन उत्पादन तालिमको शनिवार एक कार्यक्रममका बिच उद्धघाटन गरिएको कञ्चनपुर नेत्रहीन संघका अध्यक्ष प्रेम बहादुर बोहराले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिु भयो ।

  पुर्नवास नगरपालिकाका प्रत्येक वडाका एकएक जना दृष्टिबिहीन अपांगता भएका व्यक्तिहरुलाई तालिममा सहभागी गराइएको कञ्चनपुर नेत्रहीन संघका अध्यक्ष बोहराले बताउनु भयो । पुर्नवास नगरपालिकामा रहेका ११ वटा वडाहरुबाट प्रत्येक वडाबाट एकएक जनाका दरले चाउमिन उत्पादन तालिममा ११ जना दृष्टिबिहीन अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको छ  ।

 शनिवार कञ्चनपुर नेत्रहीन संघका अध्यक्ष बोहराका अध्यक्षतामा उद्धघाटन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्नवास नगरपालिकाको वडा नम्बर ६ का वडाअध्यक्ष मान बहादुर गुरुङ्ग रहनु थियो भने विशिष्ट अतिथि राष्ट्रिय अपांग महासंघका केन्द्रिय सदस्य एवम् नेपाल नेत्रहीन संघका सल्लाहकार रुपा रानी राई रहनु भएको थियो । साथै कार्यक्रममा २ जना दृष्टिबिहीन अपांगता भएकाहरुलाई ब्रेल लिपि लेख्ने कापी र २ जनालाई सेतो छडी समेत हस्तान्तरण गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.