धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिकाद्धारा खुला सरकार घोषणा

 कैलालीको धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिकाले शनिवार एक कार्यक्रमका बिच आफुलाई खुला सरकार घोषणा गरेका छन् । अन्तराष्ट्रिय खुला तथ्याङ्क दिवसको अवसर पारेर धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिकाले खुला सरकार घोषणा गरेका हुन ।

 धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर ओड र कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले खुला सरकार घोषणा पत्रमा हस्ताक्षर गरेर नागरिक अन्तर संवाद कार्यक्रममा सार्वजनिक गरेका हुन । घोषणापत्रको धारा १ मा खुला सरकारको अवधारणा अवलम्वन गर्ने कुरा, धारा २ मा खुला सरकारका लागि आवश्य पूर्वाधार निर्माण गर्ने, धारा ३ मा सूचना तथा आँकडाहरु प्रवाह गर्ने प्रतिवद्धता ब्यक्त गरिएको छ ।

 धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृप बहादुर ओडले आफुहरुको नेतृत्व आएदेखि नै खुला सरकारको अवधारणा अनुसारका क्रियाकलाप गर्दै आएको बताउनु भयो । नागरिकहरुका लागि उप–महानगरपालिकाले सबै कुरा खुला गरेको बताउदै धनगढी उपमहानगरपालिकाका नगरप्रमुख ओडले खुला सरकारलाई प्रवद्र्धन गर्ने औजारहरुको प्रयोग गरिएको बताउनु भयो ।

 धनगढी उप–महानगरपालिकाको आईएमएस धनगढी, डाटा पोर्टल, ई सिफारिस, वेइभ साईटहरु, म्यासेजिङ्ग सिस्टम र सूचनाको स्वस्फूर्त प्रकाशन जस्ता कुरा खुला सरकार निर्माणमा सहयोग पु¥याउनका लागि संचालन गरिएको धनगढी उप–महानगरपालिकाका नगरप्मुख नृप बहादुर ओडले बताउनु भयो ।

 कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले खुला सरकार निर्माणका लागि पालना गर्नुपर्ने सबै सर्त पालना गरिएको बताउनु भयो । खुला सरकारका लागि सरकार नागरिक सहभागिता, पारदर्शिता र उत्तरदायी हुनुपर्ने बताउदै उहाले आफुहरु त्यो कुरामा सधै प्रतिवद्ध रहेका बताउनु भयो ।

 अन्तराष्ट्रिय तथ्याङ्क दिवसको अवसरमाब सुशासन परियोजना अन्तरगत धनगढी उप–महानगरपालिका र ग्राम विकास केन्द्रले कैलाली जनपुस्तकालयमा सामुदायीक सूचना केन्द्रको स्थापना गरेका छन् । सोही अवसरमा नागरिक अन्तर संवाद कार्यक्रम पनि संचालन गरिएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.