कञ्चनपुरमा भन्सार छलि गरि ल्याइएका सामानहरु प्रहरीद्धारा बरामद

 कञ्चनपुरमा भन्सार छलि गरि ल्याइएका सामानहरु प्रहरीले बरामद गरेको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. ९ बाट भीमदत्त नरपालिका वडा नं. १ बस्ने दिपक कलौनी र नबिन कलौनीले भन्सार छलि गरि ल्याएका सामानहरु बरामद गरि आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गड्डाचौकी, कञ्चनपुरका पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनु भयो ।

 उहाका अनुसार मख्खन ट्राउजर, घारी ट्राउजर, बटन प्लाजु, बेल्ट प्लाजु, मासको दाल, चरीको बिउ र युरीया मल गरी अन्दाजी २५ हजार १ सय ७५ रुपैया मुल्य बराबरका सामानहरु बरामद गरिएको हो ।

सम्बन्धित

Comments are closed.