कञ्चनपुरमा प्रहरीले आइतवार फरार प्रतिवादीहरुलाई पक्राउ

 कञ्चनपुरमा प्रहरीले आइतवार फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । आइतवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले लेनदेन मुद्धामा कञ्चनपुर जिल्ला अदालतको २०७६ साल माघ २३ गतेको फैसलाले १५ हजार रुपैया जरिवाना भई लगत बसेकी जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरिया शान्तीटोल बस्ने वर्ष ३२ की भागरथी के.सी.लाई निजकै घर ठेगानामा लुकीछिपी बसेको अबस्थामा फेला पारी कञ्चनपुर जिल्ला अदालतमा पेश गराईएको जनाएको छ ।

 यसै गरि प्रहरी टोलिले चोरी उधोग मुद्धामा २०६९ साल चैत १२ गतेको कञ्चनपुर जिल्ला अदालतको फैसलाले ७५ दिन कैद र चार हजार एक सय पचास रुपैया जरिवाना तोकिएका कञ्चनपुरको साविकको झलारी गाउपालिका वडा नम्बर ६ बस्ने अनिल रानालाई निजकै घर ठेगानामा लुकीछिपी बसेको अबस्थामा फेला पारी कञ्चनपुर जिल्ला अदालतमा पेश गराईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनु भयो ।

 यस्तै २०७५ साल माघ २४ गतेको कञ्चनपुर जिल्ला अदालतको फैसलाले एक सय रुपैया जरिवाना तोकिएका कञ्चनपुरको साविवको महाकाली नगरपालिका हालको दोधाराचादनी नगरपालिका वडा नम्बर ५ बस्ने दुरपाल सिह रानामगर, सोही स्थानका मेमसरा रानामगर, निरा महरा रानामगर, दुर्गा बहादुर रानामगर, मनमाया देबी रानामगर, बिरेन्द्र राना, बिसास राना, आशा राना, जमुना रानामगर र पार्वती कट्टेल गरि जम्मा १० जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.