कैलाली र कञ्चनपुरका सडक र शहरमा रहेका गाइको संरक्षणमा पालिकाहरुद्धारा खासै ध्यान नदिएको भन्दै ध्यानाकर्षण

 कैलाली र कञ्चनपुरका सडक र शहरमा रहेका गाइको संरक्षणमा पालिकाहरुले खासै ध्यान नदिएको भन्दै ध्यानाकर्षण गरिएको छ । सारथी श्रृजनशील समाज नेपालले गाईको संरक्षणका लागि सञ्चालन गरेको विश्वहिन्दु गौ रक्षा जागरण अभियानमा क्रियाशील नागरिक अभियान्ताहरुले अदालतबाट गाईको संरक्षणका लागि स्थानीय सरकारका नाममा आदेश नै जारी गरेको लामो अवधिसम्म पनि व्यवस्थापन गर्न नसक्नु दुखद भएको बताएका छन् ।

 आइतवार एक पत्र जारी गर्दै सारथी श्रृजनशील समाज नेपाल, चन्द्रागिरी सारथी गौरक्षा धामले व्यवस्थापनका नाममा कैलाली र कञ्चनपुरका प्रायजसो पालिकाहरुको मिलोमतोमा प्रति गाई एक हजार रुपैया नागरिक स्तरबाट संकलन गरेर खर्च गरी बुटवल, झापामा व्यवस्थापन गर्ने भनी पालिकाहरुको मिलोमतोमा लगिएका हजारौ गाईको खोजी गर्दा कतै नभेटिएको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।

 यदि गाईको व्यवस्थापनका लागि कैलाली र कञ्चनपुरका स्थानीय सरकारले यथाश्रीघ्र पहल नगरे स्थानीय सरकार घेर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.