शिवरात्री पर्वको अवशर पारी विश्व हिन्दु युवा संघ, सुदुरपश्चिम प्रदेशको आयोजनामा कैलालीको गोदावरीमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग सहित विश्व हिन्दु युवा संघ, सुदुरपश्चिम प्रदेशको आयोजनामा हिन्दु युवा संघका सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका पदाधिकारी, विभिन्न भजन कीर्तिन समुहमा आवद्ध भएका व्यक्तिहरु, सनातन धर्मप्रति आस्थावान हिन्दु धर्मालम्बीहरुको सहभागितामा कार्यक्रम गरिएको हो ।

विश्व हिन्दु युवा संघ, सुदुरपश्चिम प्रदेशका सम्राट सिहको अध्यक्षतामा गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दु महासंघका केन्द्रिउ अध्यक्ष डा. रामचन्द्र अधिकारी रहनु भएको थियो । त्यसैगरी विशिष्ट अतिथि विश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष तथा समाजसेवी रुडुक नेपालका केन्द्रिय महासचिव ज्योत्सना साउद रहनु भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्नेमा जोड दिएका छन् ।
Comments are closed.