बतासे झरना तथा निल तालमा फोहोर फाल्न निषेध

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ मा रहेको पर्यटकीय स्थल बतासे झरना तथा निल तालमा फोहोर फाल्न निषेध गरिएको छ ।

त्यहाँ पुग्ने प्रयटकहरुले जथाभावीरुपमा पर्यटकीय स्थलमा फोहर फाल्न थालेपछि फोहोर फाल्न निषेध गरिएको हो । साथै प्लाष्टिकजन्य तथा मदिराजन्य सामग्रीहरु तोकिएको Picnic spot भन्दा माथि लैजान नपाइने पनि शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुरसिंह महराले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा उक्त पर्यटकीयस्थलमा भौतिक पूर्वाधार निर्माणको कार्य भइरहेको पनि महराले शुक्लाफाँटा एफएमलाई बताउनुभएको छ ।

बतासे झरना घुम्न आउने पर्यटकका लागि भनेर प्याराफीट, तीन कोठे चेन्जिङ रुम र दुई कोठे शौचालय लगायतका भौतिक पूर्वाधार निर्माणका कार्य निर्माणाधिन अवस्थामा रहेको जनाइएको छ ।

फागुन २८

केश राज अवस्थी

 

सम्बन्धित

Comments are closed.