१ सय जना बेरोजगार युवाहरुलाई सीपमुलक तालिम प्रदान गरिने

 कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेका १ सय जना बेरोजगार युवाहरुलाई सीपमुलक तालिम प्रदान गरिने भएको छ । सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको समन्वयमा वेदकोट नगरपालिकाले नगरभित्र रहेका युवाहरुका लागि विभिन्न सीपमुलक तालिम सञ्चालन गर्न लागेको हो । कञ्चनपुरको वेदकोट नगरपालिकाले एक सुचना जारी गरि तालिम लिन इच्छुक बेरोजगार युवाहरुलाई सीपमुलक तालिमका लागि २०७७ साल चैत १० गतेभित्र आवेदन पेश गर्न आह्वान गरेको छ । सीपमुलक तालिमका लागि आवेदन दिदा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्न १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेका नगरवासीहरुलाई आग्रह गरिएको छ ।

 आवेदन परेकाहरुमध्ये अन्तरवार्ताका माध्यमबाट छनोट गरिनेछ । यसअघि बेरोजगारको सुचीमा सुचिर्कत भएका व्यक्तिहरुलाई प्राथमिकता दिइने समेत वेदकोट नगरपालिकाले जनाएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाको वडा नम्बर १ मा रहेका बेरोजगार २० जना युवाहरुलाई मोबाइल मर्मत सम्बन्धी तालिम प्रदान गरिने छ । सो तालिम लिनका लागि साधारण लेखपढ भएको भएपनि हुनेछ । यस्तै वेदकोट नगरपालिकाको वडा नम्बर २ मा २० जना बेरोजगार युवाहरुलाई सिलाई कटाइ सम्बन्धी तालिम प्रदान गरिनेछ ।

 सो तालिमका लागि पनि साधारण लेखपढ भएमा पुग्नेछ । वेदकोट नगरपालिकाको वडा नम्बर २ मै रहेका २० जना बेरोजगार युवाहरुलाई मन्टेश्वरी सम्बन्धी तालिम प्रदान गरिनेछ । मन्टेश्वरी सम्बन्धी तालिम लिनका लागि एस.एस.सी उर्तीण गरेको हुनुपर्नेछ । वेदकोट नगरपालिकाको वडा नम्बर २ मा नै साधारण लेखपढ गरेका २० जना बेरोजगार युवाहरुलाई अटोमेकानिक्स सम्बन्धी तालिम प्रदान गरिनेछ । अटोमेकानिक्स सम्बन्धी तालिम लिनका लागि साधारण लेखपढ भएको भएपनि पुग्नेछ । यसैगरी कञ्चनपुरको वेदकोट नगरपालिकाको वडा नम्बर ९ मा रहेका २० जना बेरोजगार युवाहरुलाई मोटरसाइकल मर्मत सम्बन्धी तालिम प्रदान गरिनेछ ।

 मोटसाइकल मर्मत सम्बन्धी तालिम लिनका लागि साधारण लेखपढ भएको भएपनि पुग्नेछ । कञ्चनपुरको वेदकोट नगरपालिकाद्धारा जारी सुचनामा २०७७ साल चैत ११ गते सम्बन्धित तालिम सञ्चालन हुने वडाहरुमा सम्पर्क राख्न आग्रह गरिएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाका १० वटा वडाहरुमध्ये तीन वटा वडाहरुमा मात्रै सीपमुलक तालिम सञ्चालनका लागि बेरोजगार युवाहरुलाई आह्वान गरिनुको कारणबारे बुझ्दा वेदकोट नगरपालिकाका नगर प्रवक्ता नरेश बहादुर सिंहले वेदकोट नगरपालिकाका अन्य वडाहरुमा अन्य कार्यक्रम सञ्चालन हुने शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।

सम्बन्धित

Comments are closed.