कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर ९ मा निःशुल्क स्वास्थ परिक्षण तथा औषधि वितरण कार्यक्रम गरिने
कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर ९ मा निःशुल्क स्वास्थ परिक्षण तथा औषधि वितरण कार्यक्रम गरिने भएको छ । चालु आर्थिक बर्ष २०७७÷०७८ को वार्षिक कार्यक्रम अनुसार सम्पुर्ण वडा बासीहरुको स्वास्थ चेकजाँच गरेर कुनै रोगबाट पीडित बिरामीहरुलाई स्वस्थ बनाउने अभियान अन्तरगत उक्त स्वास्थ परिक्षण तथा औषधि वितरण कार्यक्रम गरिन लागिएको शुक्लाफाँटा नगरपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष रमेश बहादुर ऐरले जानकारी दिनु भयो
निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण कार्यक्रम फाल्गुन २९ गते शनिबार बिहान ९ बजेदेखि सुरु हुने भएको छ । उक्त कार्यक्रममा महिलाको पाठेघरको समस्या सम्बन्धि चेकजाँच, आखाँको मोतिबिन्दुको चेकजाच, आखामा मासु पलाएको तथा आखा सम्बन्धि सम्पुर्ण चेकजाँच र निःशुल्क आँखा अप्रेसनको लागि समेत बिरामी छनोट गरिने शुक्लाफाँटा नगरपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष रमेश बहादुर ऐरले जानकारी दिनु भयो ।
Comments are closed.