कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन वटा वडाहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको हो । भीमदत्त नगरपालिकाका वडा नम्बर १, वडा नम्बर १० र वडा नम्बर १९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको भीमदत्त नगरपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमका रोजगार संयोजक केशव बिष्टले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।
उहाका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर १ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ४५ जनालाई रोजगारी दिइएको छ । उहाहरुलाई पदमार्ग निर्माणको कार्यमा लगाइएको भीमदत्त नगरपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमका रोजगार संयोजक बिष्टले बताउनु भयो । यस्तै भीमदत्त नगरपालिकाको वडा नम्बर १० मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत पार्क निर्माणको कार्य भइ रहेको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर १० मा २८ जनालाई पार्क निर्माणको कार्यमा लगाइएको रोजगार संयोजक बिष्टले जानकारी दिनु भयो । यसैगरी भीमदत्त नगरपालिकाको वडा नम्बर १९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत विद्यालयको पुरानो संरचना भत्काएर फिल्ड बनाउने कार्य भइ रहेको र त्यसमा ९ जनालाई खटाइएको भीमदत्त नगरपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमका रोजगार संयोजक केशव बिष्टले बताउनु भयो ।
उहाका अनुसार भीमदत्त नगरपालिकाका अन्य वडाहरुमा समेत प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि तयारी भइ रहेको छ । कञ्चनपुरका स्थानीय तहहरुमध्ये प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सबैभन्दा बढि बजेट पाएको स्थानीय तह भीमदत्त नगरपालिका हो । भीमदत्त नगरपालिकाका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि करीब २ कराड ४२ लाख रुपैया रकम भन्दा बढि रकम विनियोजन गरिएको जनाइएको छ ।