कञ्चनपुरमा भन्सार छलि गरी ल्याइएका सामानहरु प्रहरीले बरामद गर्नुका साथै अवैध बोइलर कुखुरा समेत बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले कञ्चनपुरको पुनर्वास नगरपालीका वडा न. २ स्थित भारतबाट भन्सार छलि पैठारी गरी ल्याएका १ क्विन्टल ८० किलोग्राम अबैध बोईलर कुखुरा बेबारिसे अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरी उक्त अबैध बोईलर कुखुरा नष्ट गर्नु पर्ने हुँदा स्थानिय ब्यापारी, बुद्धीजिबि, समाजसेबि, लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि समेतको रोहोबरमा उक्त बोईलर कुखुरा आइतवार नष्ट गरिएको हो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ बाट भन्सार छली पैठारी गरी ल्याइएको अन्दाजी चौध हजार आठ सय पचास रुपैया बराबरको कानुन बमोजिम बरामद गरी उक्त गुड आइतवार आवश्यक कारवाहीको लागी गड्डा चौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनु भयो ।
Comments are closed.