कञ्चनपुरमा प्रहरीले कर्तब्य ज्यान मुद्धाका फरार प्रतिबादीलाई ४१ बर्ष पछी पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको बिशेष टोलिले कर्तब्य ज्यान मुद्धामा वारदात मिति २०३६ साल फाल्गुन ८ गतेदेखी फरार भई तत्कालीन सुदुरपश्चिमाञ्चल क्षेत्रिय अदालतबाट मिति २०४६ साल चैत २ गतेको फैसलाले १० बर्ष कैद सजाय तोकिएका प्रतिबादी कञ्चनपुरको साबिक परासन गाउ विकास समिति वडा नम्बर १ च गाँउ बस्ने अन्दाजी ७६ वर्षका मलाङ् तामाङ (लामा) लाई निजकै घर ठेगानामा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
निज मलाङ् तामाङ (लामा)लाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी कञ्चनपुर जिल्ला अदालतमा पेश गरीएकोमा अदालतबाट निजलाई कैद भुक्तानको लागी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनु भयो ।
निज प्रतिबादिले वारदातका समयमा उधारोमा १ हजार ५ सय रुपैयामा भैसी किनेर उक्त पैसा नतिरेको बिषयमा झै–झैगडा कुटपिट भई निजले गर्दा ज्वाई नाता पर्ने स्थानिय नाम्जा तामाङको ज्यान गएको थियो ।
त्यसैगरी निज प्रतिबादीले सन १९६५ (बि.स.२०२१) मा आफ्नो पहिचान लुकाई भारतिय सेनामा मन्सुर तामाङको नाममा भर्ना भई सन १९७२ (बि.स.२०२८) सालमा बिरामी अवकास भई पेन्सन समेत लिने गरेको कुरा खुल्न आएको र सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
Comments are closed.