कैलालीमा सिलिण्डरबाट ग्यास लिक भएर आगलागी हुँदा ४ जना घाइते

 कैलालीमा सिलिण्डरबाट ग्यास लिक भएर आगलागी हुँदा कैलालीमा ४ जना घाइते भएका छन् । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का स्थानीय जनक बिष्टको घरको भान्छा कोठामा ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा उहा सहित ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 मंगलवार बिहान आगलागी हुँदा घर धनी बिष्टसहित २८ वर्षीया उहाकी श्रीमती वविता बिष्ट, ३ वर्षीय छोरा जेनेल बिष्ट र घरमा सहयोगीका रुपमा कार्यरत ४५ वर्षीय हरी चौधरी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिनु भयो । उहाहरुलाई उपचारका लागि कोहलपुर लगिएको छ ।

सम्बन्धित

Comments are closed.