धनगढीमा मेयर, उप–मेयर प्याब्सन कप छात्रछात्रा क्रिकेट प्रतियोगिता सुरु

 कैलालीको धनगढीमा मंगलबारदेखि मेयर, उप–मेयर प्याब्सन कप छात्रछात्रा क्रिकेट प्रतियोगिता सुरु भएको छ । संघीय प्रहरी ईकाइ कार्यालय धनगढीको खेल मैदानमा सुरु भएको प्रतियोगिताको कैलालीको धनगढी उपमहानरगपलिकाका नगर प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्रले भव्य समारोहका बिच उद्घाटन गरेका हुन् ।

 उद्घाटन कार्यक्रममा बोल्दै कैलालीको धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले राष्ट्रका लागि, स्वास्थ्यका लागि मात्रै नभएर समाजका लागि पनि खेलकुद आवश्यक रहेको बताउनु भयो । जुन समाजमा खेलाडी छन् त्यो समाज नै अनुसाशित हुने बताउदै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख वडले मेयर, उप–मेयर प्याब्सन कप छात्रछात्रा प्रतियोगिताले निरन्तरता पाउने बताउनु भयो ।

 धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले हरेक क्रियाकलापहरुमा छात्रा र छात्राको सहभागिता महत्वपूर्ण हुने बताउनु भयो । अहिले आयोजना गरेको मेयर, उप–मेयर प्याब्सन कप छात्रछात्रा प्रतियोगिताले समाजको धारणामा परिवर्तन ल्याउन सहयोग पु¥याउने बताउदै उप–प्रमुख भट्टले छात्राले पनि खेलमा प्रतिसपर्धा गर्न सक्दछन् भन्ने सन्देश यसले दिने बताउनु भयो । क्रिकेट संघ नेपाल (क्यान)का सुदूरपश्चिम प्रदेश अध्यक्ष हरी रेग्मीले मेयर, उप–मेयर प्याब्सन कप छात्रछात्रा प्रतियोगिताका लागि सहयोग गर्ने धनगढी उप–महानगरपालिका र आयोजना गर्ने धनगढी प्वाब्सनलाई धन्यवाद दिनु भयो ।

 बाटो घाटो निर्माणलाई मात्रै विकास नमानिने बताउदै रेग्मीले धनगढी उप–महानगरपालिकाले पूर्वाधारका साथै खेलकुल, सामाजिक क्षेत्रमा पनि राम्रो काम गरेको बताउनु भयो । सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिष्ट्रार डाक्टर हेमराज पन्तले धनगढीले खेलकुदका क्षेत्रमा छुट्टै पहिचान बनाउन सकेको बताउनु भयो । कार्यक्रममा सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिष्टार डाक्टर हेमराज पन्त, पूर्व शिक्षा निर्देशक नन्दराज पन्त लगायतलाई सम्मान गरिएको थियो । प्रतियोगिता चैत १२ गते सम्म चल्ने छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.