कञ्चनपुरमा भन्सार छलि गरी ल्याइएका बोइलर कुखुरा बरामद गरी नष्ट

 कञ्चनपुरमा भन्सार छलि गरी ल्याइएका बोइलर कुखुरा बरामद गरी नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरत तथा मातहतबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ (घ) गाँउ कारगिल डाडा स्थित से.३.प. ८४३५ न.को मोटरसाइकलमा भन्सार छली पैठारी गरी ल्याएको ३६ किलोग्राम बोइलर कुखुराहरु बरामद गरी नष्ट गरेको हो ।

 अन्दाजी सात हजार दुई सय रुपैया बराबरका बोईलर कुखुराहरु बेबारिसे अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरी स्थानिय ब्यापारी, बुद्धीजिबि, समाजसेबी, लगायत पाटिका प्रतिनिधि समेतको रोहोबरमा उक्त बोईलर कुखुरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनु भयो । उहाका अनुसार अन्दाजी ५० हजार रुपैया बराबरको मोटरसाइकल कानुन बमोजिम बरामद गरी आवश्यक कारवाहीको लागी त्रिनगर भन्सार कार्यालय कैलाली पठाईएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.