कञ्चनपुरमा २४ हजार रुपैया घुससहित मालपोत अधिकृत पक्राउ

 कञ्चनपुरमा २४ हजार रुपैया घुससहित मालपोत अधिकृत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले बिहीबार मालपोत कार्यालय कञ्चनपुरमा कार्यरत मालपोत अधिकृत लोकराज जोशीलाई सेवाग्राहीबाट लिएको घुस रकम सहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सुचना अधिकारी हरिशचन्द्र जोशीले शुक्लाफाँटा एफ्।एमलाई जानकारी दिनु भयो ।

 उहाका अनुसार निज जोशीलाई अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ । जग्गा सम्बन्धिको कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट लिएको घुस रकमसहित मालपोत अधिकृत जोशीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सुचना अधिकारी जोशीले जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.