मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा कञ्चनपुरमा एक जना पक्राउ परेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ७ विजयटोलका ४५ वर्षिय मान सिंह दमाईलाई मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरी पक्राउ गरेको हो ।
दमाईले चैत २ गते साँझ मादक पदार्थ सेवन गरी ४४ वर्षीय श्रीमती पान्सरीलाई कुटपिट गरेका थिए । घाइते पान्सरीलाई उपचारार्थ महाकाली अस्पतालमा भर्ना गरिए पनि उपचार क्रममा उहाको त्यही दिन राति ११ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले बताउनु भयो ।
चिकित्सकले उपचारका क्रममा पान्सरीको मृत्यु भएको खबर गरेपश्चात मानसिंह दमाइलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरी अनुन्धान भइरहेको उहाले बताउनु भयो । मृतक पान्सरीको शव पोष्टमार्टमपश्चात उनका भाइले बुझेर लगेका प्रहरीले जनाएको छ ।
Comments are closed.