कंचनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारिमा ५ दिने योग शिविर शुरू

 कंचनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारिमा ५ दिने योग शिविर शुरू भएको छ । झलारिको श्री कृष्ण माध्यमिक विद्यालयको प्राङ्गणमा शुरू भएको योग शिविरमा ५ सय भन्दा बढिले सहभागी भई लाभ लिएका छन् । योग शिविरको उद्घाटन गर्न भारतको हरिद्वारबाट साध्वि देवादिति आउनु भएको छ । कार्यक्रमको उद्घाटन शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल वहादुर ऐरले गर्नु भएको हो ।

 पतंन्जलि योग समिति शुक्लाफाँटाको आयोजनामा पतंन्जलि योग समिति कंचनपुरको सहजिकरणमा जारि शिविरमा शुक्लाफाँटा नगरपालिकाको विशेष सहयोगमा कार्यक्रम हुन लागेको हो । योग शिविर चैत ९ गतेसम्म चल्नेछ । योग शविर कार्यक्रममा सम्बोधन गर्दै शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल वहादुर ऐरले योगको महिमाको वारेमा वर्णन गर्दै अहिले संसार नै योगमय भईरहेका वेला शुक्लाफाँटा नगरपालिका पनि योगमय वातावरण बन्नु खुसीको क्षण भएको बताउनु भयो ।

 शुक्लाफाँटामा जारि बृहत् योग शिविरमा हरिद्वार तथा विभिन्न क्षेत्रवाट पाल्नु भएका योग साधकलाई सम्मान स्वागत गर्ने अवसर प्राप्त हुदा खुसि लागेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख ऐरले बताउनु भयो । झलारिमा जारि योग शिविरमा हरिद्वारबाट आउनु भएकि साध्वि देवादितिको मुखारविन्द बाट प्रवचन सुन्नुका साथै योग प्रयायामको अद्भुत प्रतिभाको अनुसरण गर्न आएका सयौको संख्यामा रहेका योग साधकबाट लाभ लिन पतंन्जलि योग समिति शुक्लाफाँटाका केशवराज पनेरुले आग्रह गर्नु भयो ।

 योग शिविरको उद्धघाटन कार्यक्रममा सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐर, ईलाका प्रहरी कार्यालय झलारिका प्रतिनिधि, पतंन्जलि योग समिति नेपालका केन्द्रिय सदस्य लवराज भट्ट, शुक्लाफाँटा नगरपालिकाका जनप्रतिनिधीहरु लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

Comments are closed.