कञ्चनपुरमा अवैध काठ बरामद

 कञ्चनपुरमा अवैध काठ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोली र सब डिभिजन बन कार्यालय अत्तरिया कैलालीका सहायक बन अधिकृत सहितको टोलीले गोप्य सुचनाको आधारमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ महिला सामुदायिक बन चौकी डाँडाबाट अबैध रुपमा चोरी गरि ल्याएको सालको गोलिया बरामद गरेको हो ।

 ७३ क्यु फिट बराबरको काचो काठ कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ४२ का यज्ञ बहादुर खड्काको घरबाट कानुन बमोजिम बरामद गरी उक्त काठ आवश्यक कारबाहीको लागी सब डिभिजन बन कार्यालय अत्तरिया कैलाली पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनु भयो ।

सम्बन्धित

Comments are closed.