सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका पुर्व डीन एवम् साहित्यकार डा. टेकराज पन्तद्धारा रचित तीन वटा पद्यकाव्य विमोचन गरीएको छ । कञ्चनपुरको महेन्द्रनगरमा शनिवार एक कार्यक्रमका विच डा. पन्तद्धारा रचित पद्यकाव्य विमोचन गरीएका हुन् ।
सुदुरपश्चिमाञ्चाल विश्वविद्यालयका उपकुलपति डा.अम्मराज जोशी, सुदुरपश्चिमाञ्चाल विश्वविद्यालयका रजिष्ट्रार डा. गोविन्द बिष्ट, प्राध्यापक चुडामणि जोशी, बुद्धिजीवीहरु भुवनेश्वरी बडु, हरीषचन्द्र भट्ट, खेमराज जोशी, महाकाली साहित्य संगमका अध्यक्ष हरीष जोशी, बुद्धिजीवी नारा जोशी लगायतको सहभागिता रहेको उक्त विमोचन कार्यक्रममा डा. पन्तद्धारा रचित नेपाली भाषाका मणि निग्रह र पद्य सुरभी पद्यकाव्य र हिन्दी भाषामा रचित मुनाफे की तीजारत पद्यकाव्यको विमोचन गरिएको हो । उक्त विमोचन कार्यक्रममा बोल्दै साहित्यका एवम् बुद्धिजीवीहरुले सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका पुर्व डीन एवम् साहित्यकार डा. पन्तले सुदुरपश्चिम प्रदेश पनि साहित्यमा अन्य क्षेत्रको तुलनामा कम छैन् भन्ने कुरालाई देखाउन महत्वपुर्ण योगदान गरेका बताएका छन् । उहाहरुले डा. पन्तले शिक्षक पेशाबाट अवकाश लिइसकेपछि पनि साहित्यीक क्षेत्रमा पु¥याएको योगदान अतुलतीय रहेको बताएका हुन् ।
यसअघि पनि साहित्य क्षेत्रमा योगदान पु¥याउदै आउनु भएका डा. पन्तले राजनीतिक, धार्मिक, सामाजिक क्षेत्रलाई समावेश गर्दै साहित्यीक कृतिहरु प्रकाशन गर्दै आउनु भएको छ । शिक्षण पेशाबाट अवकाश लिइ सकेपछि डा. टेकराज पन्तले समाजमा रहेका विभिन्न विषयवस्तुहरुलाई आफ्ना साहित्यीक कृतिहरुमा समावेश गरी प्रकाशन गर्दै आउनु भएको छ ।