कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले एक दिनका लागि सार्वजनिक बिदा दिएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ स्थित मणिका धाम बैजनाथ मन्दिरमा चैत्र ९ र १० गते लाग्ने मेलाको अवसरमा नगरपालिकाले यहि चैत्र १० गते सार्वजनिक बिदा दिएको हो ।
चैत्र १० गतेका लागि शुक्लाफाटा नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय र शैक्षिक संस्थाहरु सार्वजनिक विदा दिने निर्णय चैत्र ६ गते बसेको कार्यपालिका बैठकले गरेको थियो ।
कंचनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ स्थित मणिका धाम बैजनाथ मन्दिरमा लाग्ने मेला लाई स्थानीयहरुले विशेष धार्मिक महत्त्वका साथ हेर्ने गरेको पाइन्छ ।
प्रत्येक वर्ष मेलामा दर्शनार्थी तथा मेला हेर्न मणिका धाम पुग्नेहरुको घुइँचो लाग्ने गरेको छ ।
Comments are closed.