नमुना गाउ तरकारी खेती कार्यक्रम सुरु भएसंगै तरकारी खेती सम्बन्धी २ दिने तालिम सुरु

कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ मा तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । मुख्यमन्त्री कृषि कार्यक्रम अन्र्तगतको नमुना गाउ तरकारी खेती कार्यक्रम सुरु भएसंगै तरकारी खेती सम्बन्धी २ दिने तालिम सुरु भएको हो ।

   वेदकोट नगरपालिका वडा नम्बर ७ मा मा रहेका चारओटा क्लष्टर मध्ये मंगलवार भएको तालिममा १ र ४ का क्लष्टरका किसानहरुको सहभागिता रहेको थियो । तालिममा माटोको चेकजाँच र खाद्य वस्तुको उत्पादनका लागि आवश्यक पर्ने विभिन्न तत्वहरुका बारेमा जानकारी गराइएको छ । त्यसैगरी क्लष्टर २ र ३ का किसानहरुलाई भने बुधवार तालिम प्रदान गरिने मुख्यमन्त्री कृषि कार्यक्रम अन्र्तगतको नमुना गाउ तरकारी खेती समन्वय समितिका अध्यक्ष गोपाल नाथले जानकारी दिनु भयो । तालिमको मगंलवार औपचारिक रुपमा उद्धघाटन गरिएको हो ।

  कृषि ज्ञान केन्द्र कञ्चनपुरको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि वेदकोट नगरपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष बिर बहादुर डगौरा रहनु भएको थियो भने विशिष्ट अतिथि कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख एवम् अर्थ विज्ञ नित्यानन्द जोशी रहनु भएको थियो । कार्यक्रमको सञ्चालन कृषि ज्ञान केन्द्र कञ्चनपुरका अधिकृत रणबहादुर मल्लले गर्नु भएको थियो । तालिममा कृषि ज्ञान केन्द्र कञ्चनपुरका जागृत खनाल, हरीदत्त जोशी, कमल नयन पन्त र प्रेरणा जोशीले प्रशिक्षण दिइ रहेका छन् । मुख्यमन्त्री कृषि कार्यक्रम अन्र्तगतको नमुना गाउ तरकारी खेती कार्यक्रम तीन वर्षे कार्यक्रम हो ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.