सुदूरपश्चिम प्रदेशमा क्षयरोग न्युनीकरणका अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्वास्थ्यकर्मीहरुलाई सम्मान
सुदूरपश्चिम प्रदेशमा क्षयरोग न्युनीकरणका अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै विश्व क्षयरोग दिवसको अवसरमा दुईजना स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले प्राध्यापक डा. सुभेषराज कायस्थ र स्वास्थ्य कार्यालय अछामका क्षय कुष्ठ निरीक्षक देव जोशीलाई सम्मान गरेको हो ।
सरकारको क्षयरोग अन्त्यको रणनीतिमा सहयोग पुर्याएकाले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले उहाहरुलाई सम्मान गरेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत मनोज ओझाले जानकारी दिनुभयो । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले गरेको सम्मानले आफूहरुलाई काम गर्न थप हौसला मिलेको स्वास्थ्य कार्यालय अछामका क्षयकुष्ठ निरीक्षक देव जोशीले बताउनुभयो । बुधवार मार्च २४ तारिखका दिन विश्व क्षयरोग दिवश मनाइएको छ ।
Comments are closed.