आरक्षपीडितहरुको भुमि सम्बन्धी समस्या दिगो रुपमा समाधान गर्नका लागि भन्दै संवाद समुह कञ्चनपुरले सरोकारवालाहरुसंग संवाद गर्ने

 कञ्चनपुरमा रहेका आरक्षपीडितहरुको भुमि सम्बन्धी समस्या दिगो रुपमा समाधान गर्नका लागि भन्दै संवाद समुह कञ्चनपुरले सरोकारवालाहरुसंग संवाद गर्ने भएको छ । आरक्ष पीडितहरुको समस्या समाधानका लागि छुट्टै आयोग बनेपनि वा अहिलेकै भुमि सम्बन्धी समस्या समाधान आयोगले नै भएपनि आरक्ष पीडितहरुको समस्या दीर्घकालिन रुपमा समाधान गर्नका लागि भन्दै संवाद समुह कञ्चनपुरले सरोकारवालाहरुसंग संवाद गर्ने भएको हो ।

 बुधवार कञ्चनपुरको महेन्द्रनगरमा बसेको संवाद समुह कञ्चनपुरको बैठकले आरक्षपीडितहरुको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्नका लागि सरोकारवालाहरुसंग संवाद गर्ने निर्णय गरेको संवाद समुह कञ्चनपुरका प्रशिक्षक तुलसी जोशीले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । उहाका अनुसार महिलाहरुको हरेक क्षेत्रमा अर्थपुर्ण रुपमा सहभागिता होस् भन्नका लागि समेत सरोरकावालाहरुसंग संवाद समुह कञ्चनपुरले संवाद गर्ने छ । त्यस्तै भीमदत्त नगरपालिकामा देखिएको फोहोमैला व्यवस्थापनको समस्या समाधानका लागि समेत सरोकारवालाहरुसंग संवाद समुह कञ्चनपुरले संवाद गर्ने जनाएको छ । बुधवारको संवाद समुह कञ्चनपुरको बैठकमा संवाद समुह कञ्चनपुरका प्रशिक्षकद्धय तुलसी जोशी र गगन खत्री तथा संवाद समुहका सदस्यहरुको सहभागिता रहेको थियो ।

 संवाद समुह कञ्चनपुरले कञ्चनपुरको तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको क्रममा पीडित भएका आरक्ष पीडितहरुको समस्या समाधानका लागि पहल गर्नुका साथै विभिन्न विवादहरुमा संवादको माध्यमबाट विवादको समाधान गर्ने कार्य गर्दै आएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.