गाईको संरक्षणका लागि पहल गर्न माग गर्दै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र,

वडावडामा गौशाला निर्माण गर्नुपर्ने माग,

 छाडा रुपमा छोडिएका गाईको संरक्षणका लागि पहल गर्न माग गर्दै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहित मन्त्रीहरुलाई ज्ञापन पत्र बुझाइएको छ । विश्व हिन्दु गौ रक्षा जागरण अभियान तथा सारथी सिर्जनशील समाज नेपालका अभियन्ताहरुले सुदुरपश्चिम प्रदेशका विभिन्न क्षेत्रहरुमा छाडा रुपमा छोडिएका गाईको संरक्षणका लागि पहल गरीदिन भन्दै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टसहित मन्त्रीहरुलाई ज्ञापन पत्र बुझाइएको हो ।

 विश्व हिन्दु गौ रक्षा जागरण अभियान तथा सारथी सिर्जनशील समाज नेपालका अध्यक्ष चक्रदेव जोशीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मुख्यमन्त्री भट्टसहित मन्त्रीहरुलाई, कैलालीका प्रमुख जिल्ला अधिकारीलाई, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुखलाई ज्ञापन पत्र बुझाएको हो । विभिन्न १५ वटा मागहरु राखेर ज्ञापन पत्र बुझाइएको विश्व हिन्दु गौ रक्षा जागरण अभियान तथा सारथी सिर्जनशील समाज नेपालका अध्यक्ष चक्रदेव जोशीले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । उहाका अनुसार गाईको संरक्षणका लागि वडावडामा गौशाला निर्माण गर्नुपर्ने माग गरिएको छ ।

 त्यसैगरी गाईहरुको सरंक्षणका लागि गाई पालन गर्ने किसानहरुलाई भत्ता दिनुपर्ने, गौरक्षाका युवाहरुलाई समेत परिचालन गर्नुपर्ने, विगतमा गौरक्षणका नाममा खासगरी कैलाली र कञ्चनपुरका स्थानीय तहहरुले गाईलाई बुटवल र झापा पठाएका भनेपनि ती गाई झापा र बुटवलमा नरहेका तथा ती गाईलाई बंगलादेश लगेर मारिएको भन्ने खबर पाइएकाले त्यसको अनुसन्धान गरी त्यसमा संलग्नलाई कार्बाही गर्नु पर्ने माग समेत गरिएको छ ।

सम्बन्धित

Comments are closed.